रास्वपाद्वारा नवनिर्वाचित सांसदका लागि दुई दिने अभिमुखीकरण आजबाट सुरुवात

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सञ्चालन भइरहेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उपस्थित हुन सकेनन्। उपसभापति डीपी अर्यालले उनीहरूको स्वास्थ्य अवस्था र अत्यधिक कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिए।

उद्घाटन समारोहमा उपसभापति अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा कार्यक्रमको सुरुआत गरेका थिए। सो अवसरमा बोल्दै अर्यालले दुवै नेतालाई कार्यक्रमको समापनअघि सहभागी गराउने प्रयास भइरहेको उल्लेख गरे।

उनका अनुसार, अभिमुखीकरण कार्यक्रम भोलिसम्म जारी रहनेछ। कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित रास्वपाका सांसदहरूको सहभागिता रहेको छ। समापन सत्रमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रारम्भिक कार्यतालिका रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया