राष्ट्र बैंकको नयाँ मौद्रिक नीति सार्वजनिक — विदेशी मुद्रा, लघुवित्त र ग्राहक सुरक्षामा कडाइ

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट नीति सार्वजनिक गरेका हुन्।

गभर्नर पौडेलका अनुसार मौद्रिक नीतिमा विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्रको सुधार तथा नियमन, भुक्तानी प्रणालीको सुदृढीकरण, लघुवित्त पहुँच विस्तार, ग्राहक संरक्षण र सम्पत्ति शुद्धिकरण निवारणजस्ता विषयहरूलाई प्राथमिकता दिइएको छ।

उनले वित्तीय प्रणालीलाई स्थायित्वपूर्ण बनाउँदै अर्थतन्त्रलाई समुन्नत बनाउने उद्देश्यसहित नीति ल्याइएको जानकारी दिए।

तपाईको प्रतिक्रिया