राष्ट्रियसभामा  पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदनराष्ट्रियसभामा  पेस


काठमाडौं — राष्ट्रियसभामा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन सभामा प्रस्तुत गरिन्।

त्यसैगरी, बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा टेबुल गरे। सो विधेयक राष्ट्रियसभाबाट २०८० माघ २९ गते पारित भइसकेको थियो भने, प्रतिनिधिसभाबाट भने हालै जेठ ४ गते पारित भएको हो।

बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यविभाजन सम्बन्धी पत्रको जानकारी पनि सभालाई गराएका थिए।

तपाईको प्रतिक्रिया