राष्ट्रपति पौडेल कतार प्रस्थान गर्न तयारीमा, १२ सदस्यीय टोली सहभागी हुने

काठमाडौं, — राष्ट्रपति रामचन्द्र पौडेल कतारको तीनदिने औपचारिक भ्रमणमा जान लागेका छन्। कतारका राजा अमिर तामिम बिन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल आगामी कार्तिक १८ देखि २० गतेसम्म दोहा भ्रमणमा रहनेछन्।

परराष्ट्र सचिव अमृत राईका अनुसार राष्ट्रपति पौडेलले दोहामा हुने सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलन (Second World Conference on Social Development) मा नेपालको तर्फबाट सहभागिता जनाउने र सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपतिले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको सचिव राईले जानकारी दिए। अन्य साइडलाइन बैठकबारे भने अन्तिम निर्णय बाँकी रहेको उनको भनाइ छ।

राष्ट्रपतिको भ्रमण टोलीमा १२ जना सदस्य रहने छन्। तीमध्ये ६ जनाको खर्च कतार सरकारले र बाँकी ६ जनाको खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको सचिव राईले बताए।

तपाईको प्रतिक्रिया