राष्ट्रपति पौडेलद्वारा देउवा, ओली र प्रचण्डसँग छलफलका लागि बैठक आह्वान

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग बैठक आह्वान गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको बैठक आज मङ्गलबार पुस ८ गते अपराह्न ३ बजेका लागि तय गरिएको छ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी तयारी तथा सर्वोच्च अदालतमा विचाराधीन विषयहरू लगायतका मुद्दामा छलफल हुने जनाइएको छ।

राष्ट्रपति पौडेलले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि प्रमुख दलका शीर्ष नेताहरूसँग औपचारिक छलफल गर्न लागेको यो पहिलो अवसर भएको बताइएको छ।

तपाईको प्रतिक्रिया