राप्रपामा लावती प्रवक्ताबाट बाहिरिए

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाइएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेका हुन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार लावतीलाई पार्टी गतिविधिमा सक्रिय नदेखिएको भन्दै प्रवक्ताबाट हटाइएको हो। राप्रपाका एक नेताले बताएअनुसार, लावती पार्टीको साझा हित र एकताविरुद्ध क्रियाशील भएका कारण यो निर्णय गरिएको हो।

उनमाथि पार्टीका कार्यक्रमहरूमा सहभागिता जनाउनुको सट्टा ‘संयुक्त जनआन्दोलन समिति’ जस्ता वैकल्पिक अभियानहरूमा संलग्न भएको आरोप लागेको छ।

यसबारे प्रतिक्रिया दिंदै लावतीले आफूलाई प्रवक्ताबाट हटाइएको औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्। “म कार्यक्रममै व्यस्त छु, कुनै पत्र आएको छैन,” उनले सेतोपाटीसँग भने।

राप्रपामा हाल ७ जना प्रवक्ताहरू छन्।

तपाईको प्रतिक्रिया