राजसंस्थाको पक्षमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं । काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको पक्षमा मोटरसाइकल र्‍यालीको आयोजना गर्‍यो ।राप्रपाले बुधबार आयोजना गरेको मोटरसाइकल र्‍यालीमा राप्रपाका नेताहरुमा मात्रै नभई राजावादी दलका नेता कार्यकर्तादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहेको थियो । देशमा मौलाएको भ्रष्टाचार, बेथिती र दलहरुको अकर्मण्यताको विरुद्धमा आयोजना गरिएको मोटरसाइकल र्‍यालीमा सहभागीहरुले राजसंस्थामा नाममा चर्को नारा लगाउनुका साथै सरकार विरुद्ध चर्को नारबाजी समेत गरेका थिए ।

नयाँ बानेश्वरमा भेला भएका राजावादीहरुको मोटर साइकल र्‍याली नारायणहिटी संग्रहालयमा पुगेर टुंगिएको थियो । र्‍यालीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङदेन, राप्रपाका सांसदहरु लगाएत अभियन्ता दुर्गा प्रसाईको पनि उपस्थिती रहेको थियो । र्‍यालीमा सहभागीहरुले नारायणहिटी संग्रहालयको ढोकाबाट पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रवेश गराउने अठोट समेत लिएका छन् ।

राप्रपाले आगामी दिनमा पनि यस प्रकारको प्रदर्शन जारी राखी राजसंस्था फर्काउने चेतावनी राजनैतिक दलहरुलाई दिएका छन् । र्‍यालीलाई ध्यानमा राखी राजधानीको सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।

तपाईको प्रतिक्रिया