राजदूत श्रीवास्तवले सुदिप न्यौपानेको परिवारलाई भेटेर न्यायको आश्वासन दिए

बैशाख २९ – भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई भेटेका छन्।

आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्। उनले सुदिपको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भारत सरकारले आतंकवादविरुद्धको संघर्षमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।

राजदूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै भनेको छ, “उहाँले परिवारलाई पहलगाम आतंकवादी आक्रमणमा संलग्न दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभएको छ।”

सुदिप न्यौपाने केही दिनअघि जम्मु–कश्मीरको पहलगाममा पर्यटकका रूपमा गएका बेला आतंकवादी हमलामा परी ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया