रवि लामिछाने दोस्रो तारिखका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुने भएका छन्।

उनी काठमाडौँबाट श्रीमती निकिता पौडेलसहित पोखरा गएका छन्। आज कास्की जिल्ला अदालतमा उपस्थित भइ सोमबार उनी रुपन्देही जिल्ला अदालतमा पनि तारिखका लागि उपस्थित हुने छन्।

सूर्यदर्शन सहकारीको ठगीको अनुसन्धानका क्रममा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा पुस २५ मा रिहा भएका थिए।

त्यसैगरी, काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा माघ २ मा उनलाई रिहा गरेको थियो।

त्यस बाहेक, बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने माघ १३ गते रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए। २५ माघमा, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगी मुद्दामा पनि उनले ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

हाल, वीरगञ्जको सानो पाइला सहकारीको बचत रकम अपचलनको मुद्दामा उनलाई विरुद्ध अनुसन्धान भइरहेको छ

तपाईको प्रतिक्रिया