घरमै कपडा सुकाउने क्रममा करेन्ट लाग्दा महिलाको ज्यान गयो

काठमाडौं —कञ्चनपुर जिल्लामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–७, पौलाह निवासी २८ वर्षीया हरिना चौधरीको सोमबार बिहान करेन्ट लागेपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार आफ्नै घरमा कपडा सुकाउने क्रममा विद्युत् तारमा छुँदा उनलाई करेन्ट लागेको थियो। घटनामा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी लगिएको थियो।

स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया