म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको अग्रता कायम

म्याग्दी — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार हालसम्म २ हजार ८ सय १३ मत गणना गरिएको छ। तीमध्ये २ हजार ६ सय २६ मत सदर भएका छन् भने १ सय ८७ मत बदर भएका छन्।

हालसम्मको गणनाअनुसार पुनले १ हजार ६६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ६१२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ४७२ मत पाएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया