मौद्रिक नीति र वित्त नीतिको सन्तुलनले मात्र अर्थतन्त्र सुदृढ हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक सुधारका लागि सरकार निरन्तर सक्रिय रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता अर्थतन्त्रमा देखिएका चुनौतीहरू पहिचान गरी समाधान खोज्न निरन्तर लागिरहेको बताए।

अर्थतन्त्रमा समस्या वा दबाबको मनोविज्ञान प्रकट हुने गरेको बताउँदै, जिम्मेवार निकायमा रहेका व्यक्तिहरूले केवल समस्याको वर्णनमा सीमित नहुने तर समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरे।

अर्थमन्त्रीले चालु बजेटलाई आर्थिक सुधारको अन्तिम चरण नभइ सुधारका प्रयासहरू निरन्तर जारी रहने बताए। उनले भने, “बजेट निर्माण गर्दा अनुशासन पालना गरिएको छ र बजेटमार्फत ल्याइएका नीतिगत व्यवस्था निजी क्षेत्रलाई पनि उत्साहित बनाएका छन्।”

त्यसैगरी, मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन हुनुपर्नेमा उनले जोड दिँदै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पनि समन्वय आवश्यक रहेको सकारात्मक धारणा व्यक्त गरेको बताए।

तपाईको प्रतिक्रिया