मोरङ–२ मा रास्वपा उम्मेदवारका प्रतिनिधि बेहोस भएर मृत

काठमाडौँ — मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको आकस्मिक मृत्यु भएको छ। उनी मतगणना स्थल नजिकै खाना खाँदै गर्दा बेहोस भएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार, रेग्मी रंगेली–९ का ५० वर्षीय नागरिक थिए। २२ फागुनमा बिहान ११:४५ बजे अचानक बेहोस भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

रेग्मी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए र निर्वाचन प्रक्रियामा सक्रिय रूपमा संलग्न थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया