मापदण्डअनुसार छैन मानसिक अस्पताल, लगनखेल


काठमाडौंँ, कात्तिक १७ ।

लगनखेको मानसिक स्वास्थ्य अस्पताल नेपालको एउटा मात्र केन्द्रीय अस्पताल हो । नेपालका ७७ वटै जिल्लाबाट यस अस्पतालमा उपचार गर्न मानसिक स्वास्थ्यका बिरामी आउँछन् । यहाँ वार्षिक ४० हजारसम्म बिरामी आउने गर्छन । जटिल र सामान्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने यस अस्पताल सुविधासम्पन छैन । यहाँ जम्मा १२ जना मात्र विशेषज्ञ छन् । नर्स जम्मा ३ जना छन् । यहाँ दरवन्दीभन्दा कम जनशक्तिले अहिले सेवा दिइरहेको छ । तर, १५ जना पनि विशेषज्ञ नभएको अस्पतालले वार्षिक ४० हजार बिरामीलाई कसरी सेवा दिइरहेको होला ? त्यो आफैमा कठीन छ । यहाँ जटिल मानसिक स्वास्थ्य समस्या भएर आउने बिरामी एक्लै आएर उृपचार गर्न सक्दैन । सरकारले निरोगी नेपालको नारा अगाडि ल्याएको छ तर यहाँ सडकमा मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिले उपचार गर्न नै पाउँदैनन् । कुरुवा नभएको हुनाले त्यहाँ उनीहरुले भर्ना नै पाउँदैनन् । यो अस्पताल सबै नागरिकको पहुँचमा छैन ।
यहाँ गरिब जनता मात्र जान्छन् । उच्च तथा मध्यम वर्गीय बिरामी यहाँ कलंकको दाग लाग्ने हुनाले जाँदैनन् । उनीहरु मानसिक समस्या लिएर अस्पताल गयो भने सामाजमा नकारात्मक असर पर्ने मानसिकताका कारण अस्पताल नगइ बस्छन् । यति धेरै मानसिक स्वास्थ्यका बिरामी भएको देशमा जम्मा एउटा अस्पतालले कसरी थेग्छ ? अब सबै प्रदेशमा एक–एकवटा मानसिक स्वास्थ्य अस्पताल खोल्नु पर्ने आवश्यक छ । नेपालमा मानसिक स्वास्थ्यका विशेषज्ञ पनि कम छन् । विशेषज्ञ उत्पादनमा पनि ध्यान दिनु जरुरी छ ।

तपाईको प्रतिक्रिया