महिला टी–२० क्वालिफायरर्स: नेपाल समूह ‘सी’ मा, पहिलो खेल हङकङसँग

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप एसियन क्वालिफायर्सअन्तर्गत नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको जानकारी अनुसार नेपाल समूह ‘सी’ अन्तर्गत प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा सञ्चालन हुनेछ। क्वालिफायरमा नेपाल, आयोजक थाइल्यान्डसहित यूएई, कुवेत, मलेसिया, भुटान, कतार, बहाराइन र हङकङ गरी जम्मा ९ राष्ट्र सहभागी छन्।

समूह ‘सी’ मा परेको नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा फेरि बहाराइनसँग खेल्ने तालिका तय भएको छ।

प्रतियोगिताबाट शीर्ष दुई टिमले ग्लोबल क्वालिफायर्समा स्थान बनाउनेछन्, जसले आगामी महिला टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने बाटो खोल्नेछ।

तपाईको प्रतिक्रिया