९ महिनामा नेपालमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स आएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक र वित्तीय स्थितिको प्रतिवेदनअनुसार, यस अवधिमा रेमिट्यान्समा १० प्रतिशतको वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्समा १७.२ प्रतिशतको वृद्धि भएको थियो। अमेरिकी डलरमा विप्रेषण प्रवाह ७.३ प्रतिशतले वृद्धि भएर ८ अर्ब ७४ करोड पुगेको छ। यस अघिल्लो वर्ष यो वृद्धि १५.२ प्रतिशत थियो।

चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या ३ लाख ५८ हजार २२ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ।

तपाईको प्रतिक्रिया