मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने : सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।

शुक्रबार जनकपुरधामस्थित कांग्रेसको मधेश प्रदेश कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आलोपालो सरकार बनाउने सहमति अनुसार अब कांग्रेसको पालो आएको बताएका हुन्।

‘सत्तासाझेदार दलहरूसँग चाँडै छलफल हुनेछ,’ देउवाले भने, ‘अब कांग्रेस नेतृत्वमा मधेश प्रदेश सरकार बन्ने पक्का छ।’

उक्त अवसरमा कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायत नेताहरूको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया