मताधिकार प्रयोग गर्दा भविष्यलाई ध्यानमा राख्न मन्त्री श्रेष्ठको सुझाव

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै नागरिकहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छन्।

ललितपुरको बालकुमारीमा नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औँ केन्द्रीय सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आन्दोलनपछिको विशेष परिस्थितिमा गठन भएको सरकारको मुख्य ध्यान निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन केन्द्रित रहेको स्पष्ट पारिन्।

उनले मताधिकार प्रयोग गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै मतदान गर्दा सन्तानहरूको भविष्यलाई समेत ध्यानमा राख्न नागरिकहरूलाई सुझाव दिइन्।

मन्त्री श्रेष्ठले सरकार सुशासन कायम गर्न नैतिक आधारमा प्रतिबद्ध रहेको बताउँदै सीमित समयका बाबजुद पनि आवश्यक र प्राथमिकताका कामहरूलाई निसंकोच अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया