मकवानपुरमा सवारी दुर्घटना: मोटरसाइकल ठक्करपछि गाडी खोल्सीमा, १६ जना घाइते

हेटौंडा — मकवानपुरको बागमती गाउँपालिका–४ स्थित हरामी चोकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्री सडकबाट मुख्य राजमार्गतर्फ निस्किँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछिको झट्काले गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी काbर्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकसहित ईभी गाडीमा सवार १६ जना घाइते भएका छन्। तीमध्ये मिकशा पौडेल नामकी एक घाइतेको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।

अन्य घाइतेहरूलाई नजिकैको साम्भि पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाका कारण र गाडीको ब्रेक तथा सुरक्षासम्बन्धी पक्षमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया