मंगलबार सुनको मूल्य प्रतितोला १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (कात्तिक १८ गते) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार (कात्तिक १७ गते) सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रुपैयाँ कायम गरिएको छ, जुन सोमबारको तुलनामा ४५ रुपैयाँले कम हो। सोमबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया