भोलि प्रतिनिधि सभाका समानुपातिक सांसदको प्रमाण पत्र वितरण गरिने

काठमाडौं — निर्वाचन आयोगले भोलि समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाण पत्र प्रदान गर्ने भएको छ।

आयोगका अनुसार बिहीबार बिहान साढे ११ बजे समानुपातिक सांसदहरूले निर्वाचित भएको प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम आयोगको प्राङ्गण, कान्तिपथमा हुनेछ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ भने १६५ जना निर्वाचित भएका थिए र उनीहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्।

सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने तयारी गरिएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया