भैरहवाबाट १५७ यात्रुको हवाई उद्धार, अशक्त र बिरामीलाई प्राथमिकता


काठमाडौँ, ।अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूको नेपाल वायुसेवा निगमको विमानमार्फत हवाई उद्धार गरिएको छ।

नेपाल एयरलाइन्सको ए–३२० विमान दिउँसो ३:४३ बजे भैरहवा अवतरण गरेको थियो। सो विमानले ५:४० बजे १५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

उनका अनुसार उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको थियो।

तपाईको प्रतिक्रिया