भियतनामको हालोङ खाडीमा डुंगा दुर्घटना, ३७ जनाको मृत्यु

भियतनाम — भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ खाडीमा शनिबार आएको भीषण आँधीका कारण डुंगा पल्टिँदा ३७ जनाको ज्यान गएको छ। डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए।

स्थानीय समयअनुसार दिउँसो २ बजेतिर डुंगा दुर्घटनामा परेको हो। त्यसबेला तीव्र हावा, मुसलधारे वर्षा र चट्याङ परेको जनाइएको छ। उद्धार टोलीले रातभर खोजी कार्य चलाउँदा १२ जनालाई जीवितै उद्धार गर्न सफल भएको छ।

मौसम विभागका अनुसार ‘विफा’ नामको आँधी आउँदो साता हालोङ खाडी आसपासको उत्तरी भेगमा प्रवेश गर्ने अनुमान गरिएको छ। यो खाडी भियतनामको प्रमुख पर्यटकीय स्थल मानिन्छ, जहाँ हरेक वर्ष लाखौं पर्यटक पुग्ने गर्छन्।

गत वर्ष पनि यस्तै ठूलो आँधीका कारण क्वाङ निन्ह प्रान्तस्थित खाडी क्षेत्रमा ३० वटा डुंगा डुबेका थिए।

तपाईको प्रतिक्रिया