भिजिट भिसा काण्डमा अख्तियारको निगरानी, डीएफएल रिपोर्टको प्रतीक्षा

काठमाडौं — त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराई भिजिट भिसाको नाममा भएको अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारको निगरानीमा परेका छन्। भट्टराईसहित केही कर्मचारीले म्यानपावर र ट्राभल एजेन्टहरूसँग मिलेर खाडी मुलुकमा महिलालाई भिजिट भिसामा पठाउन आर्थिक लेनदेन गरेको प्रारम्भिक प्रमाण भेटिएको छ।

अख्तियारले विमानस्थल र केही व्यक्तिको घरमा छापा मारी चार जनाको मोबाइल जफत गरी डिजिटल फरेन्सिक परीक्षणका लागि डीएफएलमा पठाएको छ। रिपोर्ट आउन एक हप्ता लाग्ने अनुमान गरिएको छ।

मानव तस्करीसम्बन्धी अनुसन्धानको जिम्मा प्रहरीले लिने भए पनि अहिलेसम्म अख्तियारले औपचारिक अनुरोध नगरेको प्रहरी प्रवक्ताले जनाएका छन्। गृह मन्त्रालयमाथि समेत संलग्नताको आरोप लागेपछि गृहमन्त्रीको भूमिकाप्रति प्रश्न उठेका छन्।

तपाईको प्रतिक्रिया