दुईदिनयता देशभर भारी वर्षा, १७ जनाको मृत्यु, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

देश भर वर्षा भइरहेकोले नदीको तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले अनुरोध गरेको छ । विशेषगरी बागमती नदीको तराइ क्षेत्रमा बहाव खतराको लेवल पार गरेकोले सर्तक रहन आग्रह गरेको छ । कमला, कन्काई र कोसीमा बहाब खतराकाे तह नजिक बढ्दो भएकोले सर्तक रहन आग्रह गरेको छ ।
प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाबकाे मात्रा उच्च खतराकाे तहमा भएकोले सचेत रहन आग्रह गरेको छ ।
जोखिम भोलि सम्मै कायम रहने राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र जनाएको छ .

हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर र पर्सामा गरी १७

जनाले जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

विभिन्न अनलाइनकाे सहयाेगमा

तपाईको प्रतिक्रिया