भारतीय एम्बुलेन्समा गाँजा तस्करी, चालक पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ बाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लागुऔषध गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १८० किलोग्राम गाँजा बरामद गरेको छ।

प्रहरीले २० वैशाख राति ९ बजे विशेष सूचनाको आधारमा भारतीय नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। एम्बुलेन्समा गाँजा लुकाइरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको प्रहरी टोलीले लोकमार्ग र भित्री सडक खण्डमा सवारी जाँच गरिरहेको समयमा उक्त एम्बुलेन्सलाई रामधुनी-६ पिडारी स्थितबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सबाट ६ वटा बोरामा लुकाइराखिएको १८० किलोग्राम गाँजा बरामद गरेको हो।

गाँजा बरामद भएपछि प्रहरीले एम्बुलेन्स चालक २५ वर्षीय श्रीराजकुमार साहलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही र थप अनुसन्धान सुरू गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया