बुधबार पनि गठन भएन संवैधानिक इजलास


काठमाडौँ, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नियमित तालिका अनुसार बुधबार पनि संवैधानिक इजलास गठन गरेका छैनन्।

सामान्यतः बुधबार र शुक्रबार संवैधानिक इजलास सञ्चालन हुने न्यायिक अभ्यास रहँदै आएको भए पनि पछिल्ला दिनहरूमा उत्पन्न विवादका कारण नियमित गठन हुन सकेको छैन।

साउन २५ गते पछिल्लो पटक संवैधानिक इजलास बसेको थियो। त्यसयता इजलास गठन हुन नसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ। स्रोतका अनुसार इजलास गठनबारे उत्पन्न विवाद समाधान नभएसम्म संवैधानिक इजलास बस्ने सम्भावना कम देखिएको छ।

प्रधानन्यायाधीश राउत संवैधानिक इजलास गोलाप्रथाबाट गठन गर्नुपर्ने पक्षमा रहेका छन्। तर, उक्त प्रस्तावमा न्यायाधीशहरूबीच मतभेद कायम रहेको छ।

विशेषतः ५२ संवैधानिक निकायमा भएका नियुक्तिबारेको विवादमा प्रधानन्यायाधीश राउत अल्पमतमा परेपछि इजलास गठन प्रक्रिया अझ जटिल बन्दै गएको हो।

बुधबार गोला प्रणालीमार्फत १० संयुक्त र एक एकल इजलास भने गठन गरिएको सर्वोच्च अदालतले जनाएको छ। संवैधानिक इजलास गठनमा देखिएको अवरोधले उच्च अदालतको निर्णय प्रक्रियामा पनि ढिलाइ भएको भन्दै कानुनी क्षेत्रका विज्ञहरूले चासो व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया