बिहीबार सुन तोलामा ६०० र चाँदी २० रुपैयाँले घट्यो

काठमाडौं– बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो। तर बिहीबार भने सो मूल्य घटेर २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि बुधबार तोलामा २ हजार ४२० रुपैयाँ थियो, जबकि बिहीबार घटेर ४ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्यमा आएको यो सामान्य गिरावट बजारमा अलिक अस्थिरता दर्शाउने संकेतको रुपमा लिइएको छ।

तपाईको प्रतिक्रिया