बालाजु–रानीपौवा–त्रिशुली सडक स्तरोन्नतिको बजेट छुटेमा बजेट पुस्तिका च्यात्ने :कांग्रेसका सांसद अर्जुननरसिंह

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बालाजु–रानीपौवा–त्रिशुली सडक स्तरोन्नतिको बजेट छुटेमा बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले भने, “२०७१ सालमै ठेक्का सम्झौता भएको यो सडक अझै स्तरोन्नत भएको छैन। पछिल्ला दुई आर्थिक वर्षदेखि यो योजनाका लागि बजेट विनियोजन भएको छैन।”

उनका अनुसार मर्मत सम्भारको नाममा बाटो झनै बिगारिएको छ। “सडक अहिले अत्यन्तै जीर्ण अवस्थामा छ। मेरो मर्यादा र संस्कारले यस्तो कदम चाल्न बाध्य बनाउँदैन, तर यदि यसपालि पनि बजेट नपरे बजेट भाषणकै दिन पुस्तिका च्यात्नु मेरो बाध्यता हुनेछ,” उनले चेतावनी स्वरूप भने।

उक्त सडक नुवाकोटको मुख्य राजमार्ग हो, जुन लामो समयदेखि अलपत्र अवस्थामा छ। सांसद केसीले बजेट नआउँदा जनताले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

तपाईको प्रतिक्रिया