बालसुधार गृहमा झडप, प्रहरी हवलदार घाइते

विराटनगर । मोरङको विराटनगर–३ स्थित बालसुधार गृहमा बुधबार प्रहरी र बालबिज्याइँकर्ताबीच झडप हुँदा एक जना प्रहरी हवलदार घाइते भएका छन्।

प्रहरीका अनुसार, सुधार गृहमा रहेका बालबिज्याइँकर्ताहरू भाग्ने प्रयासमा रहेको बेला उनीहरूलाई रोक्ने क्रममा झडप भएको हो। झडपमा परी घाइते हुनेमा वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल रहेका छन्।

मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले अहिले अवस्था नियन्त्रणमा रहेको जानकारी दिएका छन्। उनले सुधार गृहको सुरक्षा व्यवस्था थप कडाइ गरिएको समेत बताए।

प्रहरीले बालसुधार गृहमा देखिएको तनाव तत्काल नियन्त्रणमा लिएको जनाएको छ। झडपको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया