बाघ संरक्षणमा ‘वासस्थान मुख्य चुनौती’, ‘

पाटेबाघको सङ्ख्या वृद्धि ‘उत्साहजनक’ भए पनि आगामी दिनमा बाघको वासस्थान सुधार गर्न नसकिए सङ्ख्या घट्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

चोरी सिकारीमा कडाइ गरिएको र पर्याप्त आहारका कारण बाघ बढेको विभागको भनाइ छ।

नेपालले सन् २००९ को गणनाको तुलनामा अब सन् २०२२ मा दोबर पार्ने लक्ष्य राखेको छ। त्यसका लागि अब १५ वटा बाघ आवश्यक पर्दछ।

तर सङ्ख्या वृद्धिको गतिलाई व्यवस्थापन गर्न वासस्थान फराकिलो पार्न तथा गुणस्तरीय आहार व्यवस्थापनमा चुनौती थपिएको संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले बताए।

हाल बाँकेमा २१, बर्दियामा ८७, चितवनमा ९३, पर्सामा १८ र शुक्लाफाँटास्थित निकुञ्जमा १६ वटा बाघ छन्।

छिमेकी मुलुक भारतले पनि बाघको तथ्याङ्क सार्वजनिक गरेको छ।

नयाँ तथ्याङ्क अनुसार भारतमा करिब तीनहजार बाघ रहेका छन्।

बीबीसी नेपाली सेवाले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया