बर्दियामा २ किलो ९६ ग्राम चरेससहित एक व्यक्ति पक्राउ

बर्दिया — बर्दियामा प्रहरीले २ किलो ९६ ग्राम चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-६ मैनापोखर क्षेत्रका एरियामा चरेस बोकेर हिँडिरहेको अवस्थामा जाजरकोटको जुनिचाँदे गाउँपालिका-५ मइपका १९ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय, मैनापोखरका टोलीले शंका गरेपछि चेकजाँच गर्दा चरेसको ४ पोका प्लास्टिकमा प्याक गरिएको अवस्थामा सो व्यक्ति नियन्त्रणमा परेका थिए ।

पक्राउ गरिएका थापालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया