बबरमहल क्षेत्रमा फुटेको पाइपको मर्मत कार्य सम्पन्न

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युत तार भूमिगत गर्ने क्रममा बुधबार दिउँसो बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानी पाइपको मर्मत कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। प्राधिकरणको होरिजेन्टल ड्रिलिङ कार्यका क्रममा थोक वितरण प्रणालीको पाइपमा क्षति पुगेको थियो।

खानेपानीमन्त्री प्रदीप यादवका अनुसार मर्मत कार्य राति सुरु गरिएको थियो र अहिले पूर्ण रुपमा मर्मत सम्पन्न गरिएको छ। पाइप मर्मत पश्चात अहिले पानीको परीक्षण प्रक्रिया भइरहेको जानकारी उनले दिएका छन्। परीक्षण सफलतापूर्वक पूरा भएपछि खानेपानी आपूर्ति प्रक्रिया पुनः सुचारु गरिने मन्त्री यादवले जनाएका छन्।

मेलम्ची पाइप फुट्ने घटनापछि बबरमहल क्षेत्र जलमग्न भएको अवस्थामा मन्त्री यादवले तुरुन्तै सो क्षेत्रमा पुगेर अनुगमन गरेका थिए र सम्बन्धित निकायलाई मर्मत कार्य त्वरित रुपमा सम्पन्न गर्न निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया