बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक

आज राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ रकम बजारबाट निकासी गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता भएको अवस्थामा राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्ने उद्देश्यले २१ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम झिक्ने निर्णय गरेको हो।

यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूलाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नका लागि आह्वान गरिएको छ। बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्मको हिस्सा राख्न सकिने व्यवस्था गरिएको छ। साथै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने जानकारी राष्ट्र बैंकले दिएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। यसरी प्राप्त गरिएका निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया