बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मध्यान्ह नेपाल आइपुग्दैछन् । 

राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । उनी बंगलादेश एयरलाइन्सको उडानबाट आउनेछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद चार दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् । 

उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत गर्ने छन् । चार दिने भ्रमणका क्रममा राष्ट्रपति हमिद उच्चस्तरीय भेटघाट साथै  भक्तपुर दरबार क्षेत्र, पोखरा, चन्द्रागिरी हिल्सको  भ्रमणमा व्यस्त रहनेछन् । 

राष्ट्रपति हमिद आफ्नो चार दिने नेपाल भ्रमण सकेर शुक्रबार बेलुका पौने पाँच बजे स्वेश फिर्ता हुने तालिका रहेकाे छ । 

तपाईको प्रतिक्रिया