फ्रान्समा फेरि प्रधानमन्त्रीको राजीनामा, १३ महिनामा चौथो पटक सत्ता परिवर्तन

काठमाडौं — फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पद सम्हालेको २६ दिनमै राजीनामा दिएका छन्। उनले आइतबार मात्र नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका थिए, तर त्यसको १२ घण्टा नबित्दै राजीनामा दिएपछि फ्रान्सको राजनीति फेरि अस्थिर बनेको छ।

प्रधानमन्त्री लेकोर्नुले सेप्टेम्बर ९ मा पदभार ग्रहण गरेका थिए भने अक्टोबर ६ मा राजीनामा दिएका हुन्। राष्ट्रपति इमानुएल म्याक्रोनले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।

१३ महिनाभित्र फ्रान्समा यो चौथो पटक प्रधानमन्त्रीको राजीनामा हो। लेकोर्नु राष्ट्रपति म्याक्रोनका निकट सहयोगी हुन् र सन् २०२२ मा म्याक्रोन पुनः निर्वाचित भएपछि पाँचौँ प्रधानमन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया