फेवातालमा हावाहुरीका कारण डुंगा दुर्घटना, सातजनाको सकुशल उद्धार

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा बिहीबार अपराह्न एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिँदा तालमा रहेका सातजनाको सकुशल उद्धार गरिएको छ।

प्रारम्भिक जानकारी अनुसार, डबल प्याडल बोट पल्टिंदा तालमा खसेका यात्रुहरूको उद्धार गर्न फेवातालस्थित रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले सफलतापूर्वक उद्धार गरेको हो। सशस्त्र प्रहरी बल कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले यो जानकारी दिएका छन्।

उद्धार गरिएकाहरूमा ६ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेका छन्। भारतीय नागरिकहरूमा २५ वर्षकी सोनु बर्मा, २२ वर्षकी नेहा शेखावत, २१ वर्षका अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित र २४ वर्षीय श्याम प्रजापति छन्। यसैगरी, पोखराका नन्दबहादुर गुरुङको पनि सकुशल उद्धार गरिएको छ।

तपाईको प्रतिक्रिया