प्लानिङ ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा


काठमाडौं — प्लानिङ ब्वाइज युनाइटेडले ऐतिहासिक सफलता हासिल गर्दै नेपाली फुटबलको शीर्षस्तरीय ए डिभिजन लिगमा स्थान बनाएको छ।

मंगलबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङ ब्वाइजले बी डिभिजन लिगको शिर्ष स्थानमा रहँदै ए डिभिजनमा बढुवा भएको हो।

खेलमा प्लानिङ ब्वाइजका पूजन थापाले एक गोल गरेका थिए भने अर्को गोल बाँसबारीका खेलाडीबाट भएको आत्मघाती गोल थियो।

यस जितसँगै प्लानिङ ब्वाइजले ११ खेलमा २७ अंक जोड्दै तालिकाको शीर्ष स्थान सुरक्षित गरेको छ। समान खेल खेलेको बाँसबारीले भने १५ अंकमा सीमित रह्यो।

अहिले दोस्रो स्थानमा रहेको श्री भगवती क्लबले १० खेलमा २२ अंक जोडेको छ।

१४ क्लब सहभागी रहेको बी डिभिजन लिगको अन्तिम चरणतर्फ जाँदा सरस्वती युथ क्लब र नयाँ बस्ती युथ क्लब पुछारमा छन् र रेलिगेसन (अवरोहण) को खतरा उनीहरूलाई रहेको छ।

तपाईको प्रतिक्रिया