प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता, आतंकवादी आक्रमणलगायत विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछिको भारत–पाकिस्तानबीचको पछिल्लो परिस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले भारतले आक्रमणस्थलमा आवश्यक प्रतिक्रिया जनाएको बताउँदै ‘जेट हमला’ भएको भन्ने प्रचार असत्य भएको स्पष्ट पारेका छन्।

श्रीवास्तवले घटनापछि नेपाल सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक धारणा (वक्तव्य) प्रति आभार व्यक्त गरे।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षधर रहेको दोहोर्‍याउँदै सबै प्रकारका आतंकवादी क्रियाकलापको विरोधमा दृढ रहँदै आएको बताए। साथै, उनले नेपालले आफ्नो भूमि कुनै पनि द्वन्द्वग्रस्त पक्षद्वारा छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट धारणा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया