प्रधानमन्त्री ओली आज राति स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किन लागेका छन्। तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाएर उनी नेपाल फर्किन लागेका हुन्।

प्रधानमन्त्री ओली तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन्। विमानस्थलमा उनलाई तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका थिए।

दुबई हुँदै प्रधानमन्त्री ओली आज राति ११:५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया