प्रधानमन्त्री ओलीमा प्रत्यारोपित मृगौलाले राम्रोसँग काम गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीमा दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रत्यारोपित र्मिगौलाले राम्रोसँग काम गरिरहेको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक प्राध्यापक डा. प्रेम ज्ञवालीले नेपाल लुकलाई प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम गरिरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको हिजो शल्यक्रियाकासाथै, र्मिगौला प्रत्यारोपण गरिएको हो । र्मिगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले नियमित रुपमा पिसाव फेरिरहनु भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिनुभएको ।

तपाईको प्रतिक्रिया