प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रका सडक शिलान्यास

महोत्तरी, – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका सबै ६४ वटा निर्वाचन क्षेत्रका लागि प्रस्तावित सडक निर्माण योजनाको डिजिटल माध्यमबाट शिलान्यास गरेका छन्।

जनकपुरस्थित महेन्द्र नारायण निधि सभाहलमा आइतबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री ओलीले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत शिलान्यास गरेका हुन्।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १९८ किलोमिटर लामो सडक निर्माण हुने योजना रहेको छ। सोबारे जानकारी दिंदै प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले आगामी आर्थिक वर्षको बजेटमा “एक सडक, एक पुल” कार्यक्रमसमेत समावेश गरिने जानकारी दिए।

सडक पूर्वाधार विस्तारमार्फत प्रदेशका सबै क्षेत्रको समुचित विकास गर्ने उद्देश्यका साथ योजना अघि बढाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया