प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, केही दिन अस्पतालमै बस्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।

प्रधानमन्त्रीलाई अहिले सघन कक्षमा राखेर निगरानी बढाइएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था अहिले स्थिर रहेको विज्ञप्तीमा उल्लेख छ । डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्।

तपाईको प्रतिक्रिया