प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउन मतदान हुने

आगामी फागुन २३ गते प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुङ्ग्याउन प्रदेश सभामा मतदान हुने भएको छ । पटक पटक सहमतिको प्रयास भएपनि सफलता हात नलागेपछि मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुङ्गो लगाउन लागिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन फागुन २३ गते मतदान हुनेछ ।

तपाईको प्रतिक्रिया