प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा जारी विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। शुक्रबारको बैठक पनि सूचना टाँसेर स्थगित गर्दै अबको बैठक आइतबार (जेठ २३) दिउँसो १ बजे बस्ने जनाइएको छ।

विपक्षी दलहरू उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग रहेका छन्। उनीहरूले छानबिन समिति गठनको सुनिश्चितता नहुँदासम्म संसद् नचल्ने अडान लिएको कारण बैठक सञ्चालन हुन नसकेको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको मागसहित विपक्षीले निरन्तर संसद् अवरोध गर्दै आएका छन्। सोही कारण जेठ २० गतेदेखि प्रतिनिधिसभाको बैठकहरू सूचना टाँसेर स्थगित हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया