प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ता आज सकिँदै

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज समाप्त हुँदैछ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले नयाँ दल दर्ताका लागि विशेष समय तोकेको थाे।

यससँगै आयोगले चुनाव प्रयोजनका लागि छुट्टै समयसीमा समेत सार्वजनिक गरेको छ। सो अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्नेछ।

पहिले नै आयोगमा दर्ता भइसकेका राजनीतिक दलहरूले पनि आगामी निर्वाचनमा भाग लिन पुनः दर्ता प्रक्रिया पूरा गर्नुपर्ने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया