प्रतितोला ५ हजार ४ सयले घट्यो सुनको भाउ

काठमाडौँ— आज सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि १४० रुपैयाँले कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ तोकिएको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ पुगेको थियो भने चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आजको गिरावटसँगै बजारमा सुनचाँदी केही सस्तो भएको छ।

तपाईको प्रतिक्रिया