पोखरा महानगर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली अभद्र व्यवहार आरोपमा पक्राउ

पोखरा — कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली अभद्र व्यवहारको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पराजुलीलाई बुधबार अपराह्न ४ बजे पोखराबाटै नियन्त्रणमा लिइएको हो।

उनविरुद्ध वडा नं. ४ कै व्यवसायी लेखनाथ सुवेदीले मंगलबार अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। उजुरीकै आधारमा उनलाई पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

“कुटपिट गरिएको भनिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ,” डिएसपी बस्नेतले भने। पराजुलीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया