पोखरामा भूकम्पको धक्का

काठमाडौं : पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो। कास्की जिल्लाको सिनुवा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

हालसम्म मानवीय वा भौतिक क्षतिको औपचारिक विवरण आएको छैन। यद्यपि, स्थानीय बासिन्दाले भूकम्पको कम्पन स्पष्ट रूपमा महसुस गरेको बताएका छन्।
अधिक जानकारीका लागि सम्बन्धित निकायबाट औपचारिक घोषणा आउन बाँकी छ।

तपाईको प्रतिक्रिया