पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई श्रीलंकामा नेपालको नयाँ राजदूतको रूपमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले उनलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार सोमबार नियुक्ति दिएका हुन्। केही हप्ता अघि मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि नेपाली राजदूतको रूपमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया